अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, अतिरिक्त समयमा स्विट्जरल्यान्ड ३-१ ले पराजित
nepalviews.com · Sun Jul 12 03:55:34 GMT 2026
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान पक्का गरेको छ। अमेरिकाको क्यान्सस सिटी स्टेडियममा आइतबार भएको रोमाञ्चक क्वार्टरफाइनल भिडन्तमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारको यात्रा तय गरेको हो। यस सानदार जितसँगै अर्जेन्टिनाले फाइनल प्रवेशका लागि बलियो प्रतिद्वन्द्वी इङ्गल्यान्डसँगको भेट पक्का गरेको छ।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको अर्जेन्टिनाले १०औँ मिनेटमै एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट पास (असिस्ट) लाई सदुपयोग गर्दै म्याक एलिस्टरले बललाई जाली चुमाएका थिए। तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको स्विट्जरल्यान्डका लागि ६७औँ मिनेटमा ड्यान एन्डोयेले बराबरी गोल फर्काउँदै खेललाई १–१ को रोमाञ्चक अवस्थामा पुर्याए। बराबरी गोल फर्काएको पाँच मिनेटपछि नै स्विट्जरल्यान्डका मुख्य स्ट्राइकर ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्ड खाँदै रातो कार्डसहित मैदानबाट बाहिरिएपछि स्विस टोली १० खेलाडीमा सीमित हुन पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)