भोटेकोशी बाढी : भवन, सडक–पुल तथा विद्युत आयोजनामा क्षति, तत्काल राहत–उद्धारमा खट्न निर्देशन
nepalnews.com · Wed Aug 26 08:49:27 GMT 2026

रसुवा । भोटेकोशी नदीमा अकास्मात आएको बाढीमा परी १२ जना घाइतेको जिल्ला अस्पताल, धुन्चेमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका दुई जनाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको र सम्पर्कविहीन भएका तथा हराएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ।
बाढीबाट रसुवागढी नाकास्थित नेपाल–चीन क्षेत्रका बजार र बस्तीमा ठूलो क्षति भएको र विशेषगरी गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे र घट्टेखोला बजार बढी प्रभावित छ। प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब १०७ घर र घट्टेखोलामा ५० घर पूर्णरुपमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)