स्वीट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिड्ने
rajdhanidaily.com · Sun Jul 12 04:00:56 GMT 2026
साबिक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा १० खेलाडीमा सीमित स्वीट्जरल्यान्डलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले अन्तिम चारको खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
आइतबार बिहान क्यान्सस सिटी स्टेडियममा भएको क्वार्टरफाइनलमा अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो। लियोनेल मेस्सीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोलमा परिणत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)