स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा
annapurnapost.com · Sun Jul 12 03:55:54 GMT 2026
काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गरेको हो।
खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)