मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी राष्ट्रपति र कतारी अमिरबिच मस्कोमा भेटवार्ता

barnanmedia.com · Tue Oct 27 22:23:50 GMT 2026

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मस्कोमा आयोजित ऊर्जा मञ्चका क्रममा कतारका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नुभएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

इरानी सरकारी टेलिभिजनका अनुसार भेटवार्तामा तेहरान र दोहाबिचको वर्तमान सम्बन्धको समीक्षा गरिएको थियो । दुवै पक्षले राजनीतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने र द्विपक्षीय सहयोग विस्तारका सम्भावनाको उपयोग गर्ने विषयमा जोड दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)