मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अवतारको दोस्रो भाग  ‘अवतारः द वे अफ वाटर’  १६० भाषामा रिलिज हुने

ratopati.com

हलिउडको चर्चित फिल्म अवतारको दोस्रो भागको रिलिज मिति घोषणा गरिएको छ । चलचित्र निर्माता जेम्स क्यामरुनले यो घोषणा गरेका हुन् । योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । अवतारको दोस्रो भाग अर्थात् सिक्वेलको आधिकारिक शीर्षक ‘अवतारः द वे अफ वाटर’ राखिएको छ । फिल्म १६ डिसेम्बरमा विश्वभरका सिनेमाघरमा रिलिज हुँदैछ । रिलिज मितिसँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको छ ।

'अवतार: द वे अफ वाटर' मा केट विन्सलेट, साम वर्थिङ्टन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल योह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन र अन्य कलाकारहरूले अभिनय गर्नेछन्। यो साइफाइ एडभेन्चर फिल्म विश्वभर १६० भाषामा रिलिज हुने बताइएको छ । फिल्म पूरै पानीमुनि छायांकन गरिएको छ । एनिमेसन, भिएफएक्स र एक्शनले भरिपूर्ण अवतार २५ करोड डलरको ठूलो बजेटमा बनाइएको छ, यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो फ्रेन्चाइज बनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)