सीको उत्तर कोरिया भ्रमणपछि सम्बन्धको नयाँ खाका
gorkhapatraonline.com · Wed Jun 10 10:19:56 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङको प्योङयाङ भ्रमणपछि उत्तर कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि ‘दूरगामी खाका’ तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूसँग बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेलगत्तै सीले सोमबार उत्तर कोरियाको दुर्लभ भ्रमण गर्नुभएको थियो । उत्तर कोरिया र रुसबीच पछिल्लो समय असाधारण रूपमा नजिकिएको सम्बन्धका बीच भएको यो भ्रमणलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)