मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण
lokaantar.com

विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ । मिथिला नगरपालिका–६, ७, ८ र ९ का (भूमिहीन) सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको हो ।
गाउँब्लकका जमिन लालपूर्जाबिना भोग गर्दै आएका सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले जनाएको छ । टोलीका प्रमुख सीयाराम साहले आवश्यक कागजातसहित नापनक्साको प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गरिएको बताए । उनका अनुसार सो टोलीको कार्यालयमा ६५८ जनाले लालपूर्जाका लागि निवेदन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)