प्रिमियर लिग एनपिएलमा जनकपुरविरुद्ध कर्णालीको सुखद् सुरुआत
barnanmedia.com · Tue Oct 27 22:38:12 GMT 2026
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ ।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमा समेटिएपछि कर्णालीले १९ रनको जित निकालेको हो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाउनुभयो । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिम्मी निशमले १५ तथा मायन यादवले १४ रन बनाउनुभयो । अनिलकुमार शाहले ११ र कुशल परेवा ६ रनमा आउट हुनुभयो । तृतराज दासले एक रन बनाउनुभयो । आदित्य मेहता खाता नखोली आउट हुँदा ललित राजवंशीले एक रन जोड्नुभयो । राहुल यादव एक रनमा अविजित रहनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)