एसीसी महिला यू–१९ प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
kendrabindu.com · Sun Jul 12 04:49:05 GMT 2026
काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
जितसँगै सूमह ‘डी’को नेपालले चार अंक जोडेको छ । दुवै खेलमा पराजित सिंगापुर अंकविहीन छ । नेपालले प्रस्तुत गरेको २०० रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)