एमएस्सी गरेका विवेकको आत्मदाह प्रयास, बेरोजगारी र ऋणको दोहोरो पीडा
kalakarmi.com · Sun Jul 12 04:58:34 GMT 2026

सर्लाही- विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका ३५ वर्षीय विवेक मण्डलले शुक्रवार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डलको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार दिउँसो मण्डलले आफ्नै शरीरमा आगो लगाएका थिए । घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याएर प्राथमिक उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शुक्रवार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)