साना प्रवीणले अविजित ९८ रनको पारी खेल्दा सिंगापुरमाथि १५१ रनको जित
himalpress.com · Sun Jul 12 05:02:54 GMT 2026
काठमाडौँ- एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले दोस्रो जित निकालेको छ। नेपालले सिंगापुरमाथि १५१ रनको अर्को फराकिलो जित निकालेको हो। यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई १०५ रनले हराएको थियो।
नेपालले दिएको २०० रनको बलियो लक्ष्य पछ्याएको सिंगापुरले पूरा २० ओभरमा ८ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो। अंकितावर्षा राजले सर्वाधिक १९ रन बनाइन्। नेपालका लागि अनु कडायतले ४ ओभरमा ४ रन मात्र दिएर ३ विकेट लिइन्। मनिषा उपाध्याय र रिया शर्माले २-२ विकेट लिए भने कप्तान सोनी पाख्रिनले १ विकेट लिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)