चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै
ratopati.com · Tue Oct 27 23:01:14 GMT 2026
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबिच प्रतिस्पर्धा हुने भएको छ ।
मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा राम युवा क्लबलाई ३–१ गोलको अन्तरले पराजित गर्दै हाम्रो एकता हाम्रो बल महेन्द्रनगर फाइनल प्रवेश गरेको हो । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा सङ्घर्ष स्पोट्स क्लबलाई १–० ले पराजित गर्दै एपिएफ क्लब फाइनल प्रवेश गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)