‘भटभटे माइला’अब चलचित्र नायक
nagariknews.nagariknetwork.com · Sun Jul 12 05:01:14 GMT 2026

टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’ को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्।
वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै लाखौँ दर्शकको मन जितेका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ अध्याय बन्नेछ। सानो पर्दामा ‘भटभटे माइला’ का रूपमा स्थापित उनी पहिलो पटक मुख्य नायकको भूमिकामा देखिन लागेका कारण निकै उत्साहित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)