टोरन्टोमा गोलीबारी हुँदा दुईको मृत्यु, चार घाइते
nagariknews.nagariknetwork.com · Sun Jul 12 05:09:51 GMT 2026

क्यानडामा टोरन्टो स्ट्रिट फेस्टिभल नजिकै शनिबार (स्थानीय समय) साँझ भएको गोलीबारीमा दुई जनाको मृत्यु भएको छ।
सो घटनामा अन्य चार जना घाइते भएका छन्। प्रहरीका अनुसार दुई जना व्यक्तिबिच एकअर्कालाई लक्षित गरी भएको गोली हानाहानका कारण यो घटना भएको हो। एपी का अनुसार टोरन्टो प्रहरी उपप्रमुख फ्र्यांक बार्रेडोले सेन्ट क्लेयर एभिन्यू वेस्ट र अर्लिङ्टन एभिन्यू नजिकै साँझ ८:१२ बजे गोलीबारी भएको बताए। साल्सा महोत्सव चलिरहेको उक्त स्थानबाट अधिकारीहरूले दुईवटा बन्दुक समेत बरामद गरेका छन्। राति अबेरसम्म कुनै पनि संदिग्ध व्यक्ति पक्राउ परेका छैनन्। बार्रेडोले मृतक दुवै पुरुष भएको पुष्टि गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)