वीरगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
ratopati.com · Tue Oct 27 23:16:55 GMT 2026

पर्सा । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)