मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई सहयोग

barnanmedia.com · Tue Oct 27 23:13:31 GMT 2026

ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मृगौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

समाजका महासचिव दिनेश लिङ्खिमका अनुसार फुङलिङ नगरपालिका–६ का दिनेश मादेनलाई रु ८० हजार तथा मेरिङदेन गाउँपालिका–२, सान्थाक्राका मिङमा खाङ्डु शेर्पा र सोही वडाका मिङ्मा छेम्बी शेर्पालाई जनही रु ४० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)