'अध्ययन गरेर मात्रै भौतिक संरचना निर्माणका लागि बजेट बनाउँछौँ'
ratopati.com · Wed Aug 26 10:22:59 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले अब हचुवाका भरमा योजना छनोट नगर्ने बताएका छन् । उनले आवश्यकता, सम्भाव्यता र परिणामका आधारमा मात्रै विकास योजना तथा बजेट निर्माण गर्ने बताएका हुन् ।
भदौ ६ गते पदभार ग्रहण गरेपछि मन्त्री भाटले सडक, पुललगायत भौतिक पूर्वाधारका योजना छनोटदेखि कार्यान्वयनसम्मको शैली परिवर्तन गर्ने बताएका छन् । राजनीतिक पहुँच, व्यक्तिगत आग्रह र हचुवाका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)