मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सामुदायिक स्कुलमा सुधार जरुरी

rajdhanidaily.com · Thu May 11 23:34:31 GMT 2023

आजभन्दा करिब २५ वर्षअघि बैतडीको एउटा सरकारी स्कुलमा कक्षा ९ मा पढ्दा विज्ञान शिक्षकले, बिरुवाले खाना बनाउँदा अक्सिजन उत्पादन गर्छ भनेर प्रमाणित गर्न हाइड्रिला एक्सपेरिमेन्ट (प्रयोग) गराउनुभएको थियो । विज्ञान प्रयोगशालामा भएका थरिथरिका सामग्रीहरू देखेर हामी छक्क परेका थियौं । त्यतिखेरका गणित शिक्षकहरू पसिना बगाउँदै विद्यार्थीलाई जसरी पनि प्रवेशिका पास गराउन लागिपरेका हुन्थे । सरकारी स्कुलमा पढ्ने विद्यार्थी अंग्रेजीमा कमजोर हुन्छन् भन्दै अंग्रेजी शिक्षकहरूले निःशुल्क रूपमा थप कक्षा सञ्चालन गर्थे । गौतम ग्रामर भन्ने अंगेजीको रिफरेन्स किताबका एन्टोनिम, सिनोनिम, सिंगलवर्डलगायत प्रत्येक शब्दहरू पढ्न लगाउँथे । शिक्षकले स्कुलमा आएर आधा घन्टी पढाएको, जालझेल, अल्छी, टाइमपास गरेको कहिल्यै देखिएन ।

जहिले पनि आफ्ना विद्यार्थीको सानैदेखि जग राम्रो बसोस् र सजिलै प्रवेशिका पास गरी उच्च शिक्षा पढ्न सहर जाऊन् भन्ने उहाँहरूको दृढ इच्छा हुन्थ्यो । त्यतिखेर कक्षा ५ र ७ मा पनि जिल्लास्तरीय परीक्षा हुने गर्थे । कक्षा ५ को अन्तिम परीक्षाका बेला हाम्रा स्कुलका प्रधानाध्यापकले ‘तिमीहरूले घरमा पढ्छौ कि पढ्दैनौ भनेर जाँच्न म काग बनी रूखमा बसेर हेरिराख्छु’ भन्नुहुन्थ्यो । साँच्चै होला भन्दै हामीहरू चिच्याइ–चिच्याइ दिएको पाठ पढेर स्कुल जान्थ्यौं ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)