मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हुम्लाका तीन गाउँमा ठूलो पहिरो, अन्य गाउँहरू पनि जोखिममा

newsofnepal.com · Sun Jul 30 00:40:37 GMT 2023

सिमकोट । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण हुम्लाका तीनवटा गाउँबस्ती नजिकमा ठूलो पहिरो गएको छ । हुम्लाको सार्केगाड गाउँपालिकाका ८ नम्बर वडाको रादेउ, २ को रिप गाउँ र ३ नम्बर वडाको नउनापानीमा ठूलो पहिरो जाँदा पुल–पुलेसा, खेतबारी, घर र सडकहरूमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले पहिरोको उच्च जोखिममा रहेका ती तीन गाउँका घरहरूका साथै अन्य गाउँपालिकाका घरहरू पनि पहिराको जोखिममा रहेको जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मानवीय क्षति नभए पनि ठूलै भौतिक क्षति भएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)