मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

छोरो साउदीको जेलमा, छुटाउन परिवारको हारगुहार

annapurnapost.com · Tue Aug 30 00:41:00 GMT 2022

धनकुटा : चौबीसे गाउँपालिका–४ का २९ वर्षीय दिनेश कार्की जरिवाना रकम तिर्न नसक्दा विगत १३ महिनादेखि साउदीमा जेल जीवन बिताइरहेका छन्। दिनेशका परिवारले जेलमा रहेका छोरालाई छुटाएर नेपाल ल्याउनका लागि पहल गरिदिन सरकार समक्ष अनुरोधसमेत गरेका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा उनी साउदीको अल हवाला फर ट्रेनिङ एन्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रूपमा काम गर्न ५ वर्षअघि पुगेका थिए। तर, कम्पनीले श्रम सम्झौंताअनुसारको सेवासुविधा नदिएपछि उनी बाहिरै अवैध रूपमा काम गर्न थाले। बाहिर काम गर्ने सिलसिलामा सवारीसाधन दुर्घटना भएपछि त्यहाँको सुरक्षाकर्मीबाट आफू पक्राउ परेको उनले टेलिफोनमार्फत् जानकारी दिए। ‘मसँग ड्राइभिङ अनुमतिपत्रलगायत सबै काजगात भए पनि अवैध रूपमा बसेको कारण कागजातले काम दिएन’ उनले भने ‘अहिले त्यहाँको प्रशासनले ५७ हजार रियाल क्षतिपूर्तिबापतको जरिवाना भरेको छ। त्यो तिर्न नसक्दा विगत १३ महिनादेखि जेलमै छु।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)