रसुवाको बाढीमा टीकापुरका केही व्यक्ति सम्पर्कविहीन
annapurnapost.com · Wed Aug 26 10:39:44 GMT 2026

टीकापुर : रसुवामा आएको बाढीमा परेर कैलालीका केही व्यक्ति सम्पर्कविहीन भएका छन्। उनीहरु रोजगारीका क्रममा त्यहाँ रहेका थिए। रसुवास्थित धुन्चे हाइड्रो पावरमा कार्यरत टीकापुर–१ समितिपुरका मात्रै ८–१० जना सम्पर्कविहीन छन्। उनीहरुसँग सम्पर्क हुन नसकेको आफन्तले बताएका छन्।
सो हाइड्रो पावरमा कार्यरत मानबहादुर चौधरीका भाई अखिल चौधरीले दाईसँग सम्पर्क हुन नसकेको बताए। ‘सबैजनाको मोबाइल अफ छ’ उनले भने ‘कसैसँग पनि सम्पर्क हुन सकेको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)