‘सुश्री पारिजात’ का लागि गोविन्द गिरी प्रेरणालाई यशश्वी बुक अवार्ड
shilapatra.com · Sun Nov 19 16:14:00 GMT 2023
यशस्वी प्रज्ञा प्रतिष्ठानले साहित्यकार गोविन्द गिरी प्रेरणालाई यशस्वी पुस्तक अवार्डबाट सम्मान गरेको छ । आज एक कार्यक्रमकाबीच प्रमुख अतिथि नेपाली वांगमयका विशिष्ट विद्वान प्राडा वासुदेव त्रिपाठीले अवार्ड प्रेरणालाई समर्पण गरे । कार्यक्रममा यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले फूलमालाले सम्मानित गरेकी थिइन् ।
त्रिपाठीले स्रष्टा गोविन्द गिरी प्रेरणाको लेखनीमाथि प्रकाश पार्दै उनको बहुआयामिक प्रतिभाको प्रशंसा गरेका थिए । कसैको पनि जीवनी लेख्नु सजिलो काम नभएको उल्लेख गर्दै पारिजात जस्ती विशिष्ट प्रतिभाको जीवनी लेखेर उनका बारेमा पाठकलाई जानकारी गराउनु सक्नु प्रेरणाको विशेषता रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)