कतारका पूर्वराजाको निधन
canadanepal.com · Sun Jul 12 06:23:56 GMT 2026

दोहा- कतारका पूर्व अमिर तथा वर्तमान अमिर शेख तामिम बिन हमद अल थानीका पिता, शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो।
अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्र निर्माण र विकासमा महत्वपूर्ण योगदान पुर्याएका दूरदर्शी नेताका रूपमा स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)