मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिमी वायु र 'अर्णव' चक्रवातको प्रभाव, आगामी केही दिन भारी वर्षा र हिमपातको सम्भावना

nepalviews.com · Wed Oct 28 00:27:23 GMT 2026

काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने भोलि बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावसमेत पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आगामी कात्तिक १२ गतेदेखि १४ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति देशैभर साधारणतया बदली रही कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने अनुमान गरिएको छ। साथै, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा कोशी, बागमती र मधेसका केही पहाडी तथा तराई भू-भागमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)