विकास भनेको अङ्क बढ्नु हो ?
ekantipur.com · Mon Jul 31 00:31:20 GMT 2023
पहिला सरकार थोरै थिए । अहिले सरकार धेरै भए । सेवा सुविधा पनि सकेसम्म बढाइयो । पहिलेपहिले भ्रष्टाचार करोडसम्मको सुनिन्थ्यो । अहिले अर्बमा सुनिन थालेको छ । पहिले सुन तस्करी किलोसम्ममा हुन्थ्यो । अहिले क्विन्टलमा हुन थाल्यो ! पहिले केही मात्र युवा विदेश जान्थे । अहिले सयौं गुना बढ्न थाल्यो ।
२०७२ सालमा संविधान आउँदासम्म पनि देशको कुल ऋण ६ खर्ब हाराहारी थियो । अहिले २४ खर्ब नजिक पुगेको छ । यति मात्र होइन, निर्यात एक खर्ब हुँदा, आयात पन्ध्र खर्ब हुन थाल्यो । हरेक क्षेत्रमा करको दर बढ्न थाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)