कीर्तिपुर होल्डिङ सेन्टरका बालकलाई ५० हजार सहयोग गर्ने हर्क साम्पाङको घोषणा
nagariknews.nagariknetwork.com · Sun Jul 12 06:12:18 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित एक बालकलाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत साम्पाङले आफू र आफ्नो पार्टीले कहिल्यै पनि सुकुम्बासीलाई विस्थापन गर्ने नीति नलिएको भन्दै उक्त घोषणा गरेका हुन्। उनले वर्तमान सरकारले उनीहरूलाई बेघर बनाएको बताए। सुकुम्बासीको पक्षमा सडक, सामाजिक सञ्जाल र संसदमा आवाज उठाउँदा आफूलाई सत्तारूढ दलका समर्थकबाट आलोचना समेत गरिएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)