श्रीलङ्कामा मुसलधारे वर्षा, देशभरका विद्यालय बन्द
gorkhapatraonline.com · Wed Oct 28 00:49:41 GMT 2026

बङ्गालको खाडीमा आएको चक्रवात ‘अर्णव’ ले श्रीलङ्कामा मुसलधारे वर्षा गराएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गरेको छ । समुद्री क्षेत्रमा चार मिटरसम्मका उच्च छाल आउने भएकाले माछा मार्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
त्यहाँको शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षा अन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रम अनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ । आँधीका कारण श्रीलङ्काका विभिन्न क्षेत्रमा भीषण वर्षा भइरहेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका धेरै क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)