भिजन कन्सर्न आई क्लिनिकद्वारा बौद्ध महान्कालमा निःशुल्क सामुदायिक आँखा शिविर सम्पन्न, २५६ स्थानीय लाभान्वित
ajakoartha.com · Sun Jul 12 06:51:00 GMT 2026

काठमाडौं- गुणस्तरीय तथा सबैका लागि पहुँचयोग्य आँखा स्वास्थ्य सेवाप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै भिजन कन्सर्न आई क्लिनिक एण्ड अप्टिकल ले काठमाडौं महानगरपालिका–६, बौद्ध महान्कालस्थित सक्रिय आमा समूह द्वारा २०८३ साल असार २७ गते (१२ जुलाई २०२६) आयोजित निःशुल्क सामुदायिक आँखा परीक्षण शिविर मा प्राविधिक सहयोग प्रदान गर्दै सफलतापूर्वक सेवा सञ्चालन गरेको छ ।
एकदिने उक्त शिविरबाट २५६ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । शिविरमा सहभागीहरूले अनुभवी अप्टोमेट्रिस्टहरूको टोलीबाट विस्तृत आँखा परीक्षण, दृष्टि परीक्षण तथा आँखा स्वास्थ्य सम्बन्धी विशेषज्ञ परामर्श प्राप्त गरेका थिए । यस कार्यक्रमले समुदायका सबै वर्गसम्म गुणस्तरीय आँखा स्वास्थ्य सेवा पु¥याउने क्लिनिकको उद्देश्यलाई थप सशक्त बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)