कतारका पूर्वअमिर शेख हमद बिन खलिफाको निधन
annapurnapost.com · Sun Jul 12 06:46:22 GMT 2026

काठमाडौं : कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान उनको निधन भएको कतार सरकारले जनाएको छ।
शेख हमद सन् १९९५ देखि २०१३ सम्म कतारका अमिर थिए। उनी आधुनिक कतारको निर्माणका प्रमुख शिल्पीमध्ये एक मानिन्छन्। उनको नेतृत्वमा कतारले प्राकृतिक ग्यासको आम्दानीका आधारमा तीव्र आर्थिक विकास गर्दै विश्व कूटनीति,लगानी र सञ्चार क्षेत्रमा प्रभावशाली उपस्थिति बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)