मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

gorkhapatraonline.com · Wed Oct 28 00:55:00 GMT 2026

सरकारले नेपाल र मलेसियाबिच श्रमिक छनोट तथा भर्ना प्रक्रियाका सम्बन्धमा देखिएका विषय आपसी संवाद, सहकार्य र समझदारीका माध्यमबाट सम्बोधन गर्ने गरी कूटनीतिक पहल अगाडि बढाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई औपचारिक पत्राचार गरेर कूटनीतिक पहल अगाडि बढाएको हो ।

श्रम मन्त्रालयका अनुसार मलेसियाली पक्षलाई पठाएको पत्रमा मलेसियाको एफडब्लुसिएमएस प्रणाली अन्तर्गत नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषय र अन्य श्रम आप्रवासन क्षेत्रका विभिन्न सवालमा द्विपक्षीय छलफल गर्न संयुक्त कार्यदल (जइन्ट वर्किङ ग्रुप) को बैठक काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)