मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा आजदेखि नै पर्ला चक्रपातको प्रभाव?

himalpress.com · Wed Oct 28 00:56:24 GMT 2026

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव रहने जनाएको छ।

हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्कासम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)