भारी हिमपातको जोखिम, ३ दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह
clickmandu.com · Wed Oct 28 00:55:29 GMT 2026

काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ ।
विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले मंगलबार एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको भन्दै पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)