मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीको रक्षा मन्त्रालयमै हुथीकाे मिसाइल आक्रमण !

barnanmedia.com · Wed Oct 28 00:51:48 GMT 2026

काठमाडौं । पश्चिम एसियामा जारी तनावका बीच यमनका हुथी विद्रोहीले साउदी अरबका महत्त्वपूर्ण सुरक्षा तथा ऊर्जा केन्द्रलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन् । हुथी विद्रोहीका अनुसार राजधानी रियादस्थित साउदी रक्षा मन्त्रालय र देशको प्रमुख तेल प्रशोधन केन्द्रमध्ये एक रास तनुरा रिफाइनरीलाई ब्यालिस्टिक मिसाइलबाट निशाना बनाइएको हो ।

तर, साउदी अधिकारीहरूले रियादतर्फ प्रहार गरिएका दुईवटा मिसाइललाई आकाशमै रोक्दै नष्ट गरिएको बताएका छन् । राजधानीमा विस्फोटका आवाज सुनिएको र सर्वसाधारणलाई सुरक्षित स्थानमा जान मोबाइलमार्फत सतर्कता सूचना जारी गरिएको विवरण सार्वजनिक भएपछि सुरक्षा चिन्ता बढेको छ । यसैबीच, रास तनुरा क्षेत्रमा आगलागी भएको खबर पनि आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)