बालेन सरकारविरुद्ध वामपन्थी दलहरू मोर्चाबन्दीको तयारीमा, प्रचण्डको नेतृत्वमा आन्दोलन चर्काउने रणनीति
barnanmedia.com · Wed Oct 28 00:55:22 GMT 2026

काठमाडौं। बालेन नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरूबीच राजनीतिक सहकार्य र मोर्चाबन्दीको चर्चा तीव्र बनेको छ। प्रचण्ड नेतृत्वको नेकपाले सरकारविरुद्ध सडक आन्दोलन चर्काउने रणनीति अघि सारेको चर्चा भइरहेका बेला नेकपा एमालेसहित अन्य दलसँग सहकार्यको सम्भावनाबारे पनि बहस सुरु भएको छ।
सरकारका निर्णय र कार्यशैलीप्रति असन्तुष्ट विपक्षी दलहरूले संसद् र सडक दुवै माध्यमबाट दबाब बढाउने रणनीति लिन सक्ने देखिएको छ। यसले आगामी दिनमा राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावनाबारे चर्चा बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)