मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र प्रदान

gorkhapatraonline.com · Wed Oct 28 01:04:10 GMT 2026

नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको छ । यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रलाई विद्युत् व्यापारमा समेत सहभागी गराउने दिशामा महत्वपूर्ण कदम अघि बढेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय अनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता तथा व्यापारिक साझेदारको पहिचान, प्राविधिक तथा वित्तीय सम्भाव्यता अध्ययन र आवश्यक व्यावसायिक तयारी गर्न सक्ने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)