महोत्तरीको प्रसिद्ध सोनामा शक्तिपीठमा १०४ राँगाको बली
shilapatra.com · Tue Oct 04 16:02:00 GMT 2022
महोत्तरीको प्रसिद्ध सोनामाई शक्तिपीठमा यस वर्ष १०४ रागाको बली प्रदान गरिएको छ । जिल्लाको औहरी नगरपालिका वडा ७ मा पर्ने सोनामाई शक्तिपीठमा परापूर्वकालदेखि बोका, राँगा, परेवाको बली प्रदान हुँदै आएको छ । दसैँको अष्टमीका दिन बोका बली प्रदान हुन्छ भने नवमीको दिन राँगा बली प्रदान हुदै आएको छ ।
दसैँमा भुत मेलाले नेपालमै प्रसिद्ध उक्त मन्दिरमा धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा छिमेकी देश भारतको बिहार राज्यको सितामाढी जिल्लाका विभिन्न स्थानबाट हजारौँको संख्यामा श्रद्धालुभक्तजन भाकल गरेअनुसारको जनावरको बली प्रदान दिने गरेको औहरी नगरपालिका निर्वतमान मेयर सुनिल कुमार यादवले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)