मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असोजमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्‍यो वीरगञ्ज भन्सारले

hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौँ। वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिना (असोज) मा लक्ष्यभन्दा बढी अर्थात् रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले असोज महिनाका लागि रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो।

प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोज महिनामा इन्धन आयातबाट मात्रै रु २ अर्ब २९ करोड राजस्व प्राप्त भएको छ। त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासबाट रु १ अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) बाट रु १ अर्ब ४० करोड र फलफूलअन्तर्गत स्याउ तथा नास्पाती आयातबाट रु ५० करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)