तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
barnanmedia.com · Tue Oct 21 21:15:00 GMT 2025

काठमाडौँ, ५ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कतिबद्ध रहेको बताउनुभएको छ ।राजनीतिक दलहरूसँग आज भएको संवादमा उहाँले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, “यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो । सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)