मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहन प्राधिकरणको अनुरोध

barnanmedia.com · Wed Oct 28 01:06:29 GMT 2026

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ। अर्णव चक्रवातको प्रभावले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)