इन्धन भण्डारण डिपो सञ्चालन यसै वर्ष
gorkhapatraonline.com · Wed Oct 28 01:26:42 GMT 2026

कर्णाली प्रदेशको इन्धन भण्डारण डिपोको काम अहिले धमाधम चलिरहेको छ । हालसम्म ४५ प्रतिशत भौतिक संरचना निर्माणको काम सकिएको छ । चालु आर्थिक वर्षभित्रै डिपो सञ्चालनमा ल्याउने गरी कामको गति बढाइएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
डिपोको संरचना निर्माणको काम दुई महिनाअघि सुरु भएको थियो । आगामी फागुनभित्र सम्पूर्ण काम सक्ने लक्ष्य राखिए पनि अन्य तयारी गर्दा ढिलोमा असारभित्र सञ्चालनमा ल्याइने कार्यालय प्रमुख दीपकप्रसाद घिमिरेले बताउनुभयो । करिब १८ करोड रुपियाँको लागतमा एनसी रिकन जेभी काभ्रेले संरचना निर्माणको जिम्मा लिएको छ । आयल निगमकै हाताभित्र ठुला ट्याङ्कर राख्ने खाडल खनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)