मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीमा अधिकृत स्तरका कर्मचारी माग, यी पदमा खुल्यो विज्ञापन

nepalviews.com · Wed Oct 28 01:25:32 GMT 2026

कास्की । गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश तथा स्थानीय सेवाका सातौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। पोखरास्थित आयोगको कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन बमोजिम आयोगको वार्षिक कार्यतालिका अनुसार रिक्त पदहरूमा दरखास्त खुला गरेको हो। पदपूर्तिका लागि ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा, कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा, अन्तरतह तथा खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको विधि अपनाइने सूचनामा उल्लेख छ।

आयोगले प्रकाशन गरेको विवरण अनुसार प्रदेश निजामती र स्थानीय सेवा दुवैतर्फ ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनका आधारमा इन्जिनियर, कृषि अधिकृत, पशु विकास अधिकृत, शाखा अधिकृत, प्रशासकीय अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिस्ट र जनस्वास्थ्य अधिकृत लगायतका पदमा बढुवामार्फत पदपूर्ति गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)