मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्ला पुगे हर्क

hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि समान रूपमा राज्यका सेवासुविधा पाउनुपर्ने बताएका छन्। हुम्लाका अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रमहरूमा सहभागी हुँदै उनले सो धारणा व्यक्त गरेका हुन्।

राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरणका कारण शिक्षा, स्वास्थ्य र यातायात जस्ता आधारभूत सेवा सहर केन्द्रित भएको र यसैले गर्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको साम्पाङले उल्लेख गरेका छन्। नागरिकलाई समयअनुसारका आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिसहरू जुनसुकै ठाउँमा पनि बस्न सक्ने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)