नबिल बैंक ४२औँ वर्षमा: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिमार्फत नेतृत्व गर्ने संकल्प
clickmandu.com · Sun Jul 12 07:33:47 GMT 2026

काठमाडौँ। नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेड स्थापनाको ४२औँ वर्ष पूरा गरी ४३ औं वर्षमा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले यस ऐतिहासिक घडीमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो।
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले सम्बोधनमार्फत बैंकको विगत, वर्तमान र भविष्यको मार्गचित्र स्पष्ट पारे। विगत ४२ वर्षदेखि नबिल बैंकको मुटुमा केवल एउटा कुरा मात्र धड्किरहेको र त्यो ‘विश्वास’ भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)