एक वर्षमा १२ खर्बले बढ्यो विदेशी विनिमय सञ्चिति, १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने
clickmandu.com · Wed Aug 26 12:24:00 GMT 2026

काठमाडौं । नेपालको बाह्य क्षेत्र सन्तुलनमा उल्लेख्य सकारात्मक सुधार देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आइपुग्दा नेपालको कुल विदेशी विनिमय सञ्चितिमा ४५.६ प्रतिशतले बढेर करिब ३८ खर्ब रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)