मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटले गठबन्धनमै खटपट

ekantipur.com · Tue Jun 13 00:37:13 GMT 2023

काठमाडौँ — सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवादीका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई संयुक्त रूपमा भेटेर बजेट संशोधन नगरे समर्थन गर्न नसकिने जनाएका हुन् ।

जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट संशोधनको माग गरिसकेको छ । उसले पिछडिएको क्षेत्रमा न्यायिक बजेट विनियोजन नभएको भन्दै बजेटको दिशा, नीति र विनियोजन नै गलत भएको भन्दै आपत्ति जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)