मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्लास्टिकको फोहोरबाट यसरी बनाउन सकिन्छ भवन निर्माण गर्ने ब्लक

pahilopost.com · Mon Aug 08 00:56:25 GMT 2022

काठमाडौं : विश्वमा केही कम्पनीहरुले प्लास्टिकको फोहोर को थुप्रोलाई भवन निर्माण गर्न प्रयोग हुने ब्लकमा परिणत गर्दै आएका छन्। फेरि प्रयोग गर्न नसकिने प्लास्टिकको फोहोरको थुप्रोलाई रचनात्मक कार्यमा रूपान्तरण गर्ने कल्पना गर्नु भन्दा पनि यसलाई वास्तविकतामा परिणत गर्नु ठुलो चुनौतीको विषय रहेको छ। हाल विश्वमा यस्तै प्लास्टिकका फोहोरको थुप्रोले प्रदुषण बढाएको छ।

विज्ञहरुका अनुसार सन् २०४० सम्म पृथ्वीमा ७१ करोड टन प्लास्टिकको फोहोरले पृथ्वीको पारिस्थितिक प्रणाली, महासागर, नदी र जमिनमा असर गर्नेछ। तर, यसको समस्या समाधन गर्न लस एन्जलसमा आधारित स्टार्टअप बीवाईफ्युजन(ByFusion) सँग त्यो फोहोरको लागि योजना छ। यस कम्पनीले सबैभन्दा भिन्न प्रकारको प्लास्टिक फोहोरको थुप्रो संकलन गर्न एउटा प्रणाली सिर्जना गरेको छ। यस्ले त्यस्ता प्लास्टिकका सामानहरू संकलन गर्छ जुन पुन: प्रयोग गर्न सकिँदैन।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)