एक वर्षमा भित्रियो २३ खर्ब ६३ अर्ब बढी रेमिट्यान्स
baahrakhari.com · Wed Aug 26 12:29:25 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा रेमिट्यान्स (विप्रेषण आप्रवाह) २३ खर्ब ६३ अर्ब १३ करोड भित्रिएको छ । अघिल्लो आवको तुलनामा गत आव रेमिट्यान्स ३७.१ प्रतिशतले वृद्धि भएको हो । जबकी अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले मात्रै बढेको थियो ।
गएको असार महिनामा मात्रै विप्रेषण आप्रवाह दुई खर्ब ४२ अर्ब ३३ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आवको वार्षिक तथ्यांकअनुसार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)