मालाको भारी बोकाउने आन्दोलनका सत्र वर्ष
gorkhapatraonline.com · Mon Dec 11 07:09:26 GMT 2023
भवानी ऐर
गोदावरी (कैलाली), मङ्सिर २५ गते । सरकार प्रमुख, नेतृत्वकर्ता तथा नेतालाई आफ्ना माग अनुसार फूलमालाको भारी बोकाउने सुदूरपश्चिमेली जनताको आन्दोलनले १७ वर्ष पार गरेको छ । कैलाली उद्योग वाणिज्य सङ्घले जनताका माग सुनुवाइका लागि २०६३ सालबाट यस्तो आन्दोलन सुरु गरेको हो । माग राख्ने नाममा सडक आन्दोलन, तोडफोड र नाराबाजीको विकल्पका रूपमा बृहत् महोत्सवको आयोजना गरी सोही कार्यक्रमका प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका उच्चपदस्थ व्यक्ति तथा सरकार प्रमुखलाई ठुलो माला लगाइदिने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)