श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा
barnanmedia.com · Wed Oct 28 01:50:24 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् ।
उनी अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । यसक्रममा उनले भने,“राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित छ । यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ ।” नागरिकलाई समयअनुसारका आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिसहरू जुनसुकै ठाउँमा पनि बस्न सक्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)